Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'प्रेमगीत'ले साट्यो सफलताको खुशी, 'प्रेमगीत २' निर्माण घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/04/07
माघ २९ बाट प्रदर्शनमा आएको फिल्म 'प्रेमगीत'ले रिलिजको ५१ दिने सफलताको खुशी साटेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच 'प्रेमगीत' युनिटले फिल्मकर्मी र सञ्चारकर्मीबीच सफलताको खुशि साटेको हो । 
 
 
कार्यक्रममा 'प्रेमगीत' कभर गीत प्रतिस्पर्धाको उत्कृष्ट १० बाट एक जनालाई बिजयी घोषणा पनि गरियो । संगीतकार अर्जुन पोखरेल, गायिका अञ्जु पन्त र कथाकार तथा निर्देशक रामशरण पाठकको निर्णायक टिमले उत्कृष्ट १० बाट ५ छान्दै अन्त्यमा सागर संसार राईलाई बिजयी घोषित गर्यो ।
 
 
बिजयी राईलाई सञ्चारमन्त्री शेरधन राईले १ लाख पुरस्कार राशीको चेक हस्तान्तरण गरे । त्यस्तै फिल्मको सफलताका सहयोगी हात बनेका फिल्म भित्रको सदस्य र सञ्चारकर्मीहरुलाई मायाको चिनो पनि प्रदान गरियो । 
 
 
कार्यक्रममा बोल्दै दर्शकको चाहना र भावना अनुसारको विषय र प्रस्तुती समेटेर 'प्रेमगीत' बनाएको भन्दै निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनले यो सबै सफलताको श्रेय दर्शक र मिडियालाई दिए । 
 
 
त्यस्तै निर्माता सेनले 'प्रेमगीत'को सिक्वेल पनि बनाउने घोषणा गरे । उनले स्कृप्टको लागी पुरस्कार सहितको पुनः  प्रतिस्पर्धा घोषणा गरे । आशुसेन फिल्मस् लाई सम्पर्क गर्ने ईच्छुक व्याक्तिले आफ्नो 'वान लाईन स्टोरी' पठाउनुपर्ने र त्यसमध्येको उत्कृष्ट  १ जनालाई १ लाख धनराशी को पुरस्कार दिने घोषणा गरे ।
 
Most Visited News (monthly)