निर्देशक बिकास आचार्य र अभिनेता जीवन लुईटेलको सम्बन्ध कुनै बेला नङ र मासु जस्तै आत्मिय थियो । निर्देशक आचार्यको निर्देशकिय डेब्यू फिल्म 'नसिब आफ्नो'बाट नायकको पगरी गुथेका जीवनको फिल्मी करियरले त्यो बेला उचाई लियो जुन बेला 'नाईं नभन्नु ल' बन्यो ।
.jpg)
बिकास आचार्यले निर्माण तथा निर्देशन गरेको 'नाईं नभन्नु ल'मा जीवनले निर्वाह गरेको शिशिरको भूमिका अहिले पनि दर्शकले बिर्सेंका छैनन् । तर, आज चौथो सिरिजमा आईपुग्दा बिकास र जीवनको सम्बन्ध धिमिलिएको छ । 'नाईं नभन्नु ल २'मा छोटो भूमिकामा देखिएका जीवन त्यसपश्चातका सिरिजमा अटेनन् ।
के कारणले सम्बन्धमा तुराषपात आयो, कसैले बुझेको छैन । तर पनि जीवनले आफ्नो गुरू जस्तै मानेका आचार्यको फिल्मलाई शुभकामना भने दिन बिर्सेंका छैनन् । उनले यहि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'नाईं नभन्नु ल ४'लाई सफलताको शुभकामना आफ्नो फेसबुक पेज मार्फत दिएका छन् ।
जीवनले 'नाईं नभन्नु ल ४'सँगै रिलिज हुन लागेको फिल्म 'राम प्यारी'लाई पनि सफलताको शुभकामना दिएका छन् । रेखा र जीवन नजिकका साथी मात्र नभएर फिल्मका हिट जोडी पनि हुन् । जीवनले आफ्नो करियरको डेब्यू भनिएको फिल्म 'नसिब आफ्नो'मा रेखासँगै काम गरेका थिए । त्यसपश्चात 'अन्दाज' उनीहरूले अभिनय गरेको सुपरहिट फिल्म हो ।
यता निर्देशक बिकास आचार्यले पनि जीवनसँग भोलीका दिनमा काम गर्न सक्ने संकेत केही दिन अगाडी राजधानीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा दिईसकेका छन् । के 'नाईं नभन्नु ल ५'मा जीवनलाई देख्न सकिएला त ? बिकासको क्याम्पका नायक भनेर चिनिएका जीवन फेरी सोही क्याम्पमा फर्केलान् त ? हामी यो सुखद खबर सम्प्रेशण गर्ने आशमा हुनेछौं ।

