Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चार संगीतकारको एक स्वर,'क्या अरम् कि विहे गरम्' !

फिल्मीखबर, काठमाडौं, 2016/04/06
स्टार होटलमा निर्माण घोषणा गरिएको फिल्म 'सयपत्री'को गीत रेकर्डिङ सुरु भएको छ । मंगलबार चेतन सापकोटाको संगीत समावेश एक गीत रेकर्ड भयो । जहाँ नाम चलेका संगीतकार  महेश खड्का, बसन्त सापकोटा र हरी लम्सालले सामुहिक रुपमा स्वर भरे । गीतको शब्द भने संगीतकार सुरेश अधिकारीको हो ।
 
‘क्या अरम क्या अरम, घरमा भन्छन्, यसपाली व्या अरम्’ बोलको उक्त गीतमा मुख्य स्वर भने रामचन्द्र काफ्ले र जुनु रिजालले दिएका छन् । उक्त गीतले एक देशभक्त सैनिकको दैनिकी जीवनयापनको कथा बोलेको संगीतकार सापकोटाले बताए । 
 
'फिल्मले सैनिकको कथा बोल्ने भएकै कारण यो गीत पनि मुख्यतः उनीहरुकै कथा लक्षित छ', सापकोटाले भने, 'सैनिक र सैनिक परिवारलाई विशेष अर्थ राख्ने आशा गरेका छौं।' यो फिल्म नयाँ बर्षपछि छायाँकनमा जानेछ ।
 
‘माला’ फिल्मका निर्देशक बबी सिंहले निर्देशन गर्ने यो फिल्ममा सुरजसिंह ठकुरी, आकांक्षा कार्की र सन्दिप क्षेत्रीको मुख्य भूमिका रहनेछ ।
Most Visited News (monthly)