लगातार दुई फिल्म हिट दिएका निर्देशक रामबाबु गुरुङको पछिल्लो प्रोजेक्ट 'पुरानो डुङ्गा'को रिलिज मिति तय भएको छ । निर्देशक गुरुङले मंसिर १० लाई फिल्म रिलिज मिति तय भएको पुष्टि गरेका छन् ।
तालको किनारमा डुंगा चलाएर परिवार पालिरहेको एक पात्रको जीवन संघर्षको कथा बोल्ने यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनका प्रधान लगायत लिड रोलमा छन् ।
माओत्से गुरुङको कन्सेप्टलाई निर्देशक गुरुङ र कवि उपेन्द्र सुब्बाले संयुक्त रुपमा फिल्मी शैलीमा ढालेका हुन् । निर्माण घोषणाक समयदेखि नै यो फिल्म चर्चामा छ ।

