हरर फिल्म 'ट्वान्टी सेभेन आवर्स' ले आफ्नो प्रदर्शन मिती तय गरेको छ । भारतिय निर्देशकको यो फिल्म आगामी मे २७ अर्थात जेठ १४ गतेबाट प्रदर्शनमा आउने निर्माण टिमले जानकारी गराएको छ । यो मितिमा मनोज पण्डितको 'छायाँ' पनि रिलिज हुँदेछ ।
साइकोलोजिकल हरर र थ्रीलर भनिएको फिल्मको यतिबेला भारतको हैदराबादमा पोस्टप्रोडक्शनको काम भईरहेको निर्माता दिपक लम्सालले बताए । फिल्मलाई अरबिन्द एमले निर्देशन गरेका छन् ।
बुटवल , पाल्पा र भारतको मुम्बईमा छायाँकन गरिएको फिल्ममा दिपक लम्साल ,सिद्धु पुजारी ,सारिका घिमिरे,मधु घिमिरे लगायतको अभिनय रहेको छ ।
फिल्मले फोटोग्राफी पढ्ने बिधार्थीहरुको आफ्नो अनुसन्धानका क्रममा २७ घण्टाभित्र घटेको बोलेको छ । नेपालमा अहिलेसम्म बनेका सबै प्रकारका हरर फिल्ममा भन्दा विल्कुलै फरल ढंगले यो फिल्म बनेको निर्माताको दाबी छ ।

