जासुसको कथा बोलेको भनिएको फिल्म 'हाउ फन्नी' अहिले चर्चामा छ । बैशाख १० रिलिज हुने हो फिल्मको कथा, पात्र र निर्देशक सबै कोणले चर्चामा छ ।
पुर्व मिस नेपाल माल्भिका सुब्बाले लगानी गरेको नाम चलेका स्टारकास्टले भरिपुर्ण फिल्मले रिलिजको छेकोमा पाएको चर्चाले निर्माण टिम उत्साहित छ । निलु डोमा शेर्पाको डेब्यू निर्देशन रहेको फिल्मको गीत संगीत र सार्वजनिक ट्रेलरले पनि राम्रो 'माईलेज' पाईरहेको छ ।
यो बीचमा केकी अधिकारी र अनुमबिक्रम शाही फिचरिङमा रहेको नयाँ गीत रिलिज भएको छ । प्रेमभाव बोल्ने गीतमा केकी र अनुपको जोडी जमेको भेटिन्छ । फिल्ममा यी दुईसँगै प्रियंका कार्की, दयाहाङ राई, निशा अधिकारी लगायत लिड रोलमा छन ।

