Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

ट्रेलरमा यस्तो छ 'के म तिम्रो होइन र', आर्यनको काममा धैरैको तारिफ (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/04/03
प्रतिच्छित फिल्म ‘के म तिम्रो होइन र’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आईतबार आयजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलरसँगै दुई गीत सार्वजनिक गरियो । 
 
 
ट्रेलर हेर्दा एक्शनका दृश्यहरुलाई बढि प्राथमिकता दिईएको देखिन्छ । ट्रेलर हेरसकेपछि डेब्यू कलाकार आर्यन अधिकारी र मरिष्का पोखरेलको कामको धेरैले तारिफ गरे । ट्रेलरमा आर्यनको दमदार एक्शन समावेश छ । अधिकारी ब्रदर्स पिक्चर्स प्रालिको प्रस्तुती र द स्काई मुभिजको सहकार्यमा तयार भएको यो फिल्ममा कथा तथा निर्देशन आकाश अधिकारीको छ ।
 
 
कार्यक्रममा फिल्मको अडियो एल्बम पनि बिमोचन गरिएको थियो । बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत रहेको फिल्मका गीतमा डाक्टर कृष्णहरी बराल, सुन्दर श्रेष्ठ र आकाश अधिकारीको शब्द छ । जहाँ उदितनारायण झा, अन्जु पन्त, राजेशपायल राई, प्रल्हाद तिमिल्सिना, मिलन अमात्य र दुर्गा दाहालको आवाज छ ।
 
 
सुरेश अधिकारीको लगानी रहेको यो फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, प्रज्वल सुजल गिरी, सुरेन बस्याँल, सविना गोपाली, आकाशबाबु खवास, रमेश अधिकारी, बिनोद केसीको पनि अभिनय छ । 
 
हिमाल केसीको एक्सन, बसन्त श्रेष्ठ र रेनशा वान्तवा राईको कोरियोग्राफी, दिनेश गैडा र राजु पेन्टरको कला, अर्जुन जिसी र भूपेन्द्र अधिकारीको सम्पादन छ । फिल्ममा प्रोडक्शन डिजाइनर सुरज आचार्य, प्रोडक्शन म्यानेजर दीलिप पन्त, पोस्टर डिजाइन सान थापा र विजय बस्यालको छ । यो फिल्म वैशाख ३१ गतेबाट प्रदर्शनमा आउँदैछ ।
 
कार्यक्रममा बोल्दै निर्देशक आकाश अधिकारीले आफ्नो प्रतिस्पर्धा आफ्नै फिल्मसँग भएको बताए । उनले फिल्मको टाइटल दिएकोमा गीतकार डाक्टर कृष्णहरी बराललाई धन्यवाद पनि दिए ।
 
 

 

Most Visited News (monthly)