युवा कलाकर्मीहरुको समुह हामी सबैका लागि ‘वि फर अल’ ले काभ्रेपलाञ्चोक जिल्लाको पोखरी चौंरी गाविसमा तीन वटा विद्यालय भवन निर्माण गरेका छन् । बालहित प्रा.वि, महादेव प्रा.वि र सारेपोखरी प्रा.वि को अस्थाई भवन लाई यसै साता कलाकर्मीको टोली पुगेर हस्तान्तरण गर्यो ।
.jpg)
विद्यालय हस्तान्तरण गर्न राजधानीबाट ‘हामी सबैका’ लागिका अध्यक्ष सुरेश दर्पण पोखरेल, कोषाध्यक्ष राजन काफ्ले सदस्यहरुमा नायिका नन्दिता के.सी, नायक यसराज गराच, बलेवा सेवा समाजका अध्यक्ष दीपेन्द्र के.सी, व्यवसायी सुशिल पोखरेल, छायाँकार राजन काफ्ले र नायिका सुमिना श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
.jpg)
विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक सुरेश दर्पण पोखरेलले भने , ‘भोलिका कर्णधार बालबालिका शिक्षा लिनबाट बञ्चित हुन नपरोस् भनी हाम्रो समुहले अस्थाई विद्यालयको भवन निर्माण गरेको हो ।’ सोही कार्यक्रममा तीन वटै विद्यालयलाई स्टेशनरीका सामग्री पनि हस्तान्तरण गरियो ।
बैशाख १२ गते गएको भूकम्पका कारण तीन वटै विद्यालयको भवनहरु पूर्ण रुपमा क्षतिग्रस्त छन् । यस्तै विद्यालय भवन निर्माणमा संयोजकको भूमिका निर्वाह गरेका स्थानिय कर्ण बहादुर रसाईलीले कलाकारहरुको यस प्रकारको सहयोगबाट सम्पूर्ण समुदाय कृतज्ञ रहेको बताए ।
पोखरी चौरीको तीन वटा प्रावि तहको विद्यालय भवन निर्माणमा ‘वि फर अल’ लाई बलेवा सेवा समाज जापान, अभिनेत्री जल शाह र साहित्यकार प्रेमा शाह (अमेरिका), धर्म अधिकारी (अस्ट्रेलिया), सुवाश महत (अस्ट्रेलिया), अभिनेत्री सुमिना श्रेष्ठ र उद्यमी सुशिल पोखरेलको आर्थिक सहयोग रहेको कोशाध्यक्ष राजन काफ्लेले जानकारी दिए ।
त्यसो र दर्पणको नेतृत्वमा उल्लेखित संस्थाको तर्फबाट नै यसअघि पनि भूकम्प पछिक पहिलो तथा दोश्रो महिनामा नै काभ्रे, सिन्धुपाल्चोक, धादिङ, दोलखा लगायतका जिल्लाहरुमा समेत पीडीतहरुलाई अस्थाई घर बनाईदिनेदेखि खाद्धन्न र लत्ताकपडाको जोहो गर्ने काम भएको थियो ।
नेपाली कलाकारहरुबाट आर्थिक संकलन गरेर दर्पणको संयोजकत्वको संस्थाले पीडामा रहेका भूकम्प पीडितहरुको आलो घाउमा केहि हदसम्म भए पनि मल्हम लगाउने काम गरेको थियो । जुन कुराको देश तथा विदेशसम्मै राम्रै तारिफ भएको थियो ।

