'नाईं नभन्नु ल बयष्क हुँदै गएको छ भने म बुढो हुँदै गएको छु । त्यसैले मैले जन्माएको 'नाईं नभन्नु ल'ले अहिले मलाई डोर्याउँदै छ' निर्देशक बिकास आचार्य रिलिज हुन लागेको आफ्नो पछिल्लो फिल्म 'नाईं नभन्नु ल ४'को पेरिफेरीमा रहेर फिल्मीखबरसँग निकै खुलेर बोले ।
मञ्जु गैरेसँगको अर्न्तवार्तामा बिकासले आफू दर्शक रूवाउन मात्र हैन हँसाउन पनि माहिर भएको बताए । उनले 'नाईं नभन्नु ल ४'ले दर्शकलाई निकै मनोरञ्जन दिने बताएका छन् ।
यस्तै उनले अभिनेता जीवन लुईटेलसँग टाढिनुको कारण, अनुभवसँग लगातार काम गर्नुको कारणसहित फिल्मका बारेमा रहेक निकै रोचक र घोचक कुरा गरेका छन् ।
भिडियोमा हेर्नुस्, के-के भने बिकासले 'नाईं नभन्नु ल ४'को बारेमा ?

