Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अरुले हिरो भन्दा किन लाज लाग्छ यी अभिनेतालाई ? (भिडियोसहित)

फिल्मीखबर, काठमाडौं, 2016/04/01
शुक्रबार राजधानीमा फिल्म 'बाटो मुनिको फूल २' को कार्यक्रममा मिडियाझ प्रस्तुत हुँदा निर्माता तथा अभिनेता यशकुमार केहि फरक रुपमा प्रस्तुत भए । मर्मस्पर्शी शब्द सहित मन्तव्य सुरु गरेका यशकुमारले कसैले 'हिरो' भनेर आफुलाई सम्बोधन गर्यो भने लाज लाग्ने बोले । 

उनले यो भन्दैगर्दा उपस्थित धेरैलाई कौतुहलता पनि बढ्यो । आखिर यशकुमारले किन यस्तो बोल्दैछन् ? तर बोल्दैजाँदा उनले अझै थपे, गीत संगीतमा लाग्दा नै मैले हिरोले पाउने सम्मान पाउँथे, हिरो भनेर मलाई चिनिनु छैन्, म एक कलाकार मात्र हुँ ।'
 
तर लाज किन लाग्यो भन्ने कुरा उनले कार्यक्रम सकिँदासम्म पनि खुलाएनन् । आफ्नो करियरसँगै 'बाटो मुनिको फुल २' को बारेमा समय बढि खर्चेका गायक तथा अभिनेता यशकुमारले मानिस पढेर मात्र सिक्षित नहुने भन्दै भित्री मनले हरेक सकारात्मक कुरालाई स्विकार गर्नसक्ने व्याक्ति मात्र सिक्षित हुने बताए ।
 
आफ्नो फिल्मलाई सारा नेपालीको फिल्म भन्दै फिल्मको मेकिङदेखी बजेटमा कुनै कन्जुस्याईं नगरेको भनाई उनको थियो । नेपालमा अझै पनि ६० हजार जनता जातिय विभेदको शिकार रहेको भन्दै त्यसलाई अन्त्य गर्नको लागी आफ्नो फिल्मले एक प्रकारको अभियान सुरु गर्ने भनाई यशकुमारको छ ।
Most Visited News (monthly)