फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । दुई स्टार अभिनेता दयाहाङ राई र आर्यन सिग्देल अभिनित फिल्म 'राहदानी' र 'आवेग' प्रदर्शनमा आएका हुन् ।
बसन्त निरौला निर्देशित 'आवेग'लाई एक्शनप्रधान फिल्म भनिएको छ । त्यसो त यसअघि पनि चकलेटी हिरोको उपमा पाउँदै आएका आर्यनले दुई वटा एक्शन फिल्ममा अभिनय गर्दा सफल नभएको ईतिहास हेने हो भने यो फिल्म उनको लागी अर्को परिक्षा बन्दैछ ।
फिल्ममा आर्यनसँगै ध्रुबदत्त, अर्चना देलाला र पवित्रा आचार्य, रमेश बुढाथोकी लिड रोलमा छन् । फिल्मलाई आर आर फिल्मस् ले वितरणको अधिकार लिएको छ ।
त्यस्तै सञ्चारकर्मी डब्बु क्षेत्री निर्देशित फिल्म 'राहदानी'मा दयाहाङसँगै विनिता घिमिरे, रुपा खनाल, दिनेश दुलाल लगायत अभिनयमा छन् । फिल्मले विदेशिने नेपाली युवाहरुको कथा बोल्छ ।
फिल्म रिलिजको संघारमा हुँदा पनि आर्यन र दयाहाङ दुबैजनालाई आफ्नो आफ्नो कुनै पनि फिल्मको प्रचारमा हिडेको देख्न पाईएन् । दुबै फिल्मको ओपनिङ विजनेश सन्तोषजनक हुने निर्माण टिममा छ ।

