Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`चपली हाइट २`को रिलिज मिति घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2016/03/24
सुपरहिट फिल्म 'चपली हाईट'को सिक्वेल `चपली हाइट २’ ले छायांकन नसकिँदै फिल्मको रिलिज मिति घोषणा गरेको छ । निर्माता अर्जुन कुमारले आउँदो भदौ ३ मा फिल्म रिलिज हुने बताए । 
 
रोमान्टिक थ्रिलर भनिएको फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरिरहेका छन् । हाल छायाँकनमा रहेको यो फिल्ममा आयुष्मान डिएस श्रेष्ठ, परमिता राज्यलक्ष्मी राणा र मरिष्का पोखरेलले मुख्य भूमिकामा अभिनय गर्दै छन् । 
 
फिल्मलाई काठमाडौं उपत्यकाभित्र पपकर्न पिक्चर्स र उपत्यकाबाहिर मनोज राठीले वितरण गर्नेछन् । 
 

Most Visited News (monthly)