Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अक्षयकुमारसँग हुनेछ अनमोलको भिडन्त, `गाजलु` रिलिज घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/03/24
नेपालमा अहिले स्टार पावर भएको कोहि कलाकार छ भने त्यसको पहिलो नम्बरमा युवा स्टार अनमोल केसीको नाम आउँछ । तीनवटा मात्र फिल्म खेलेर सबै फिल्मलाई व्यवसायिक रुपमा हिट बनाउन सफल अनमोलको फ्यान फलोईङ अनि लुक्स क्रेजको सिमा छैन् । 
 
उनै अनमोलको अब रिलिज पईपलाईनमा रहेको फिल्म 'गाजलु' औपचारिक रिलिज घोषणा भएको छ । निर्माता रोहित अधिकारीले बर्ष ०७३ को जेठ २१ मा 'गाजलु' रिलिज हुने पुष्टि गरे । यो मितिमा अन्य कुनै पनि नेपाली फिल्मको रिलिज अहिलेसम्म सार्वजनिक छैन् ।
 
यो फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका छन् । त्यसो त अनमोललाई नेपाली फिल्ममा स्टार देखाउने पहिलो श्रेय पनि उनलाई नै जान्छ । हेमराजकै निर्देशनमा बनेका पहिलो दुई फिल्म 'होस्टेल' र 'जेरी'बाट भुवन केसी निर्देशित 'ड्रिम्स' सम्म आउँदा अनमोल अनमोल बनिसकेका थिए ।
 
फिल्ममा अनमोलसँगै पुर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ लिड रोलमा छन् । श्रृष्टिको लागी यो फिल्म डेब्यु हुनेछ । जेठ २१ अर्थात सन् २०१६ को जुन 3 मा 'गाजलु' रिलिज हुँदैगर्दा अर्को रोचक कुरा के छ भने यहि मितिमा बलिउड स्टार अक्षयकुमार स्टारर फिल्म 'हाउसफुल ३' लाग्दैछ ।
 
त्यसैले पनि अब नेपाली युवा स्टार अनमोल र बलिउड स्टार अक्षयको नेपाली पर्दामा पनि फाईट पर्ने पक्का भएको छ । मल्टिप्लेक्स हलमा दर्शक होल्ड गर्न सक्ने सबैभन्दा बढि पावर भएका नेपाली स्टार अनमोल र नेपालमा पनि राम्रै फ्यान फलोईङ भएका बलिउड स्टार अक्षयको भिडन्त हेर्न लायक हुनेमा दुई मत छैन् । 
 
त्यसो त हरेकजसो हप्तामा क्युएफएक्स पर्दामा नेपाली भन्दा बढि प्राथमिकता हिन्दी फिल्मलाई दिईँदै आईएको सत्यतालाई हेर्ने हो भने पनि यो मितिमा मल्टिप्लेक्समा नेपाली भर्सेज हिन्दी दुई फिल्मको भिडन्त हुँदैगर्दा त्यहाँ बाँडिने 'शो' पनि खास अर्थ राख्नेछ ।
Most Visited News (monthly)