भारतिय टेलिभिजनको चर्चित टेलिभिजन कार्यक्रम बिगबोस होस्ट गर्दै आएका बलिउड सुपरस्टार सलमान खानले नयाँ सिजनको लागी आफ्नो पारिश्रमिक बढाएका छन् । बलिउड अनलाईनहरुले लेखे अनुसार सलमानले ३० प्रतिशत पारिश्रमिक बढाएका हुन् ।
समाचार श्रोतका अनुसार सलमानले १० औं सिजनको बिगबोसको लागी १० करोड भारतिय रुपैयाँ पारिश्रमक स्वरुप मागेका छन् । यसअघि नवौ एपिसियोडमा प्रति एपिसियोड सलमानले ८ करोड पारिश्रमिक लिएका थिए । जतिबेला सलमानले २६ वटा एपिसियोड होस्ट गरेका थिए ।
अनेकन विवादमा परिरहने बिगबोस सलमान खानको होस्टको कारण पनि चर्चामा रहन्छ । कलर्स टेलिभिजनमा प्रशारन हुने यो कार्यक्रमको आगामी एपिसियोडको मिति छिट्टै नै सार्वजनिक हुँदैछ ।

