Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बाल विवाह तथा दाईजो प्रथाको अन्त्यका लागि श्वेता खड्काको आवाज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/03/20
अभिनेत्री श्वेता खड्काले बाल विवाह तथा दाईजो प्रथाको अन्त्यका लागि आफ्नो आवाज उठाउने भएकी छिन् । शुक्रबार राजधानीमा एक कार्यक्रम मार्फत बाल विवाह तथा दाईजो प्रथा बिरुद्धको राष्ट्रिय अभियानको सद्भावना दूतमा नियुक्त भएकी छन् ।
 
सद्भावना दूतमा नियुक्त भएपछि कार्यक्रममा बोल्दै श्वेताले विवाहपछि छोरीले नेपाली समाजमा भोग्दै आएका सामाजिक कुरीतिका बारेमा खुलेर लाग्ने र बाल विवाह तथा दाईजो प्रथा उन्मुलन गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताईन् ।
 
अभियानले छोरा र छोरीमा सम्पतिमा रहेको असमान हक, दाईजो प्रथा र बाल विवाहको विरोध गर्ने बताईएको छ । नेपालमा बालविवाह र दाईजो प्रथामा ग्रामीण भेगमा निकै रहेको छ । यो कुप्रथाको अन्त्य गर्न अभियान चलाऊने व्यक्ती राजकुमार महतो हुन् ।  
 
कार्यक्रममा श्वेताले बाल विवाह तथा दाईजो प्रथा बिरुद्धको बारेमा के-के बोलिन् त ? भिडियोमा हेर्नुस् । 
 

Most Visited News (monthly)