Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोल्पाको दु:ख पर्दामा (ट्रेलर हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2016/03/19
दिपक वलीको निर्देशनमा तयार भएको फिल्म 'रोल्पा रोग'को ट्रेलर सार्वजनिक गरिएको छ । ग्रामिण भेगमा बस्ने युवाहरुको जीवन भोगाई तथा सर्वसाधारणले सशस्त्र द्वन्द्वका बेला पाएको दुःख र संघर्षको कथालाई फिल्मले उठान गरेको छ । 
 
फिल्ममा तत्कालीन विद्रोही नेकपा (माओवादी)को सशस्त्र युद्ध र त्यसले उब्जाको एउटा सानो घटनालाई कथामा उतारेको निर्देशक वलीले बतएका छन् । फिल्ममा शिशिर भण्डारी, कुलदीप अधिकारी, जनक थापा, सुशील पोखरेल, रामबावु आक्रोश, विनु खड्का, मुकुन्द भुसाल, जोनी अञ्जान, रीतु रसाइली लगायतका कलाकारको अभिनय छ । 
 
ए वान मुभी मेकर्सको ब्यानरमा बनेको यो फिल्मको प्रस्तुतकर्तामा निर्मला वली छिन् भने थलबहादुरी वलीले यसमा लगानी गरेका छन् । नवराज उप्रेती र निशल पौडेलको छायांकन, अशोक बीकको नृत्य निर्देशन, गोविन्द मधुर आचार्य र शिशिर भण्डारीको फिल्ममा संगीत छ । यो फिल्म बैशाख १७ गते रिलिज हुने बताईएको छ । 
 

Most Visited News (monthly)