Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एउटै फिल्ममा शाहरुख र सन्नि लियोन

एजेन्सी, मुम्बई, 2016/03/18
पुर्व पोर्न स्टार सन्नि लियो वलिउडमा अभिनेत्रीको रुपमा स्थापित भईसकेकी छिन् । सन्नि आफ्नो फिल्म रिलिजको समयमा मात्र होईन् अन्य हरेकसमय अनेकन कारणबस चर्चामा हुन्छिन्, अनि उनको अभिनय नरहेपनि आईटम गीत समावेश हुँदा मात्र पनि उनको चर्चा चुलिन्छ । 
 
अब भने सन्नि लियोन स्टार अभिनेता शाहरुख खानको फिल्ममा देखिने पक्का भएको छ । भारतको चर्चित पत्रिका मुम्बई मिररका अनुसार सन्निले शाहरुखको अपकमिङ फिल्म 'रईज'मा देखिने पक्का भएक हो । तर सन्नि अभिनयमा नभई यो फिल्ममा आईटम डान्स सहित देखिने बताईएको छ ।
 
कुर्वानी’ चलचित्रमा समावेश ‘लैला ओ लैला’ बोलको गीत 'रईज'मा फरक तरिकाले समावेश हुने र उक्त गीतमा बलिउड हटकेक सन्निले कम्मर मर्काउने बताईएको छ । गीत अरको महिना छाँकन हुने बताईएको छ । सन्निले यसअघि जतिपनि फिल्ममा आईटम नृत्य गरिन् ती सबै चर्चाको शिखरमा रहेको र पब्लिसिटीको रमा्रो माध्यम बन्ने भएकोले पनि सन्निमाथी 'रईज' निर्माताले आँखा लगाएको हुनसक्छ ।
Most Visited News (monthly)