पछिल्लो रिलिज फिल्म 'क्लासिक'को लागी अभिनेता आर्यन सिग्देल मरिमेटेर लागे । फिल्ममा उनको अभिनय मात्र थिएन् लगानी पनि थियो । फिल्म रिलिज भयो, एक प्रकारको सफलता हात पार्यो ।
अबको अर्को हप्ता अर्थात चैत्र १२ मा आर्यन अभिनित एक्शन फिल्म भनिएको 'आबेग' रिलिज हुँदैछ । सायद दुई बर्ष पहिला बनेर बल्ल प्रदर्शनमा आउन लागेको यो फिल्मबाट आर्यनले आशा मारिसके की ? किनकी, रिलिज मिति मुखमा आउँदासम्म न त यो फिल्मको प्रचार नै छ, न त हल्ला नै ।
पछिल्लो समय सामाजिक सञ्जाललाई फिल्म प्रचारको बलियो हतियार मानिन्छ । तर आर्यनले आबेगको लागी यी कुनै पनि सोसियल साईट प्रयोग गरेका छैनन् । उनको फेसबुकमा माघ २९ रिलिज फिल्म 'क्लासिक'को प्रोफाईल पिक्चर अहिलेसम्म रहँदा पछिल्लो समय 'आबेग'को नाममा आर्यनबाट एउटा स्टाटस सम्म आएको छैन् ।
आर्यनसँगै अर्चना देलाला, ध्रुबदत्त र पवित्रा आचार्य अभिनयमा रहेको फिल्मको लागी निर्माता सुर्य कार्की र निर्देशक बसन्त निरौला पनि तातेको देखिँदैन् । निर्देशक बरु गाडी हाँकर चितवन पुगेर मन्दिर भाक्कल गरिरहेका छन् । तर प्रचार प्रचार नै नभई दर्शकलाई फलानो फिल्म आउँदै छ भन्ने सम्म ज्ञात गराउन नसक्दा भगवान पुकारेर मात्र सफलता हात पारिन्छ भन्ने भ्रमबाट निर्देशक माथि उठ्नु जरुरी छ ।
त्यसो त प्रचारको कुरा हेर्ने हो भने निर्देशकले फिल्म राम्रो बनाईदिने काम हो, अरु काम निर्माता को हो, तर निर्माता कार्कीले पनि जे जति खर्च गर्नु फिल्म बनाउँदै गरियो अब किन हल्ला गर्नु भन्ने मानशिकता पालेको हुनुपर्छ, त्यसैको कारण नै उनी गुमनान छन् सायद ।
पछिल्लो पुस्तामा आर्यन सिग्देलको नाममा राम्रै फ्यान फलोईङ छ, उनको फिल्म आउँदैछ भन्नेसम्म दर्शकलाई जानकारी हुँदा हलमा केहि भिड देखिनसक्ने सत्यतालाई समेत निर्माता र निर्देशकले मनन गर्न नसक्दा कतै 'आबेग' आएको गएको पत्तो नै नहुने त होईन् ?

