फ्राईडे रिलिज अन्तर्गत यो हप्ता दुई नेपाली फिल्म रिलिज भएका छन् । दुबै फिल्ममा अभिनेता सविन श्रेष्ठ लिड रोलमा छन् । जसले सविनलाई आफ्नै फिल्म भिड्दा केहि असहज बनाएको छ ।
मिलन आले मगर निर्देशित फिल्म 'लक्ष्य' र नवल नेपाल निर्देशित फिल्म 'भाग् सानी भाग्' दर्शकमाझ आएका हुन् । 'लक्ष्य'को कथा सुशिल पंगेनीको हो । यो फिल्ममा सविनसँगै अनु शाह र सारिका केसी लिड रोलमा छन् ।
त्यस्तै चेतन सापकोटा कार्यकारी निर्माता रहेको फिल्म 'भाग् सानी भाग्' मा सविन र केकी अधिकारी लिड रोलमा छन् । फिल्ममा लगानी बिलोल पोखरेल, बिष्णु चापागाईं र सहदेव गौतमको छ ।
त्यसो त दुई हप्ता पहिले प्रदर्शनमा आएको युवा स्टार अनमोल केसी अभिनित फिल्म 'ड्रिम्स'ले सफलताको तेस्रो हप्ता प्रवेश गरेको छ । फिल्म पर्दामा हिट भईसकेको छ । यो फिल्मलाई भुवन केसीले निर्देशन गरेका हुन् ।

