Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउड बादशाहले काठमाडौं गुञ्जाउने पक्का

फिल्मीखबर, काठमाडौं, 2016/03/14
बलिउडका चर्चित गायक बादशाह (आदित्य प्रतिक सिंह) ले होलीको अबसरमा काठमाडौंमा आफ्नो प्रस्तुती दिने भएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा चैत्र ९ गतेको होली स्पेशल कार्यक्रममा बादशाहको कन्सर्ट पक्का भएको जानकारी गराईयो । 
 
 
नाजी इन्टरटेन्मेन्टको आयोजना तथा युहान ईन्टरनेशनल ईभेन्टस् को सह आयोजनामा हुन लागेको कन्सर्ट सानो गौचरनमा हुनेछ । बलिउडका चर्चित गीत 'पार्टी अभि सुरु हुई हे....', 'लड्की हो गई चुल', डिजेवाले बाबु', 'अक्कड बक्कड बम्बे बो' गायक बादशाहले गाउँदै गर्दा अर्की चर्चित गायिका तथा मोडल आस्था गीलले कम्मर मर्काएर माहोल गर्माउने छिन् । 
 
बादशाहको कन्सर्टको लागी नौ जनाको टोली भारतबाट काठमाडौं झर्नेछ । भने होलीको दिन १ बजेबाट उनको कन्सर्ट सुरु हुने ईभेन्टका सह आयोजक सानु खानले जानकारी दिए ।
 
पछिल्लो समय नाकाबन्दीले चिसिएको नेपाल भारत सम्बन्धलाई मधुर तुल्याउन तथा भूकम्पका कारण नेपालको बारेमा धेरै देशमा फैलिएको गलत हल्लालाई मेट्दै नेपाल सुरक्षित छ भन्ने सन्देश दिनको लागी पनि भारतिय गायकलाई ल्याएर कन्सर्ट गर्न लागिएको आयोजकको तर्फबाट नाजिर हुसेनले बताए । 
 
Most Visited News (monthly)