Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिलिण्डर बोक्दै भेटिए 'लुकामारी’खेलेका सौगात

फिल्मीखबर, काठमाडौं, 2016/03/14
अभिनेता सौगात मल्ल पर्दामा भिन्न भिन्न चरित्र निर्वाहा गर्न अग्रसर छन् । धेरै फिल्ममा धेरै थरीका पात्रको भूमिकामा देखिएका सौगातलाई अब भने नयाँ निर्देशक श्रीराम दाहालले भिन्न अवतारमा देखाएका छन् ।
 
 
जेठ २८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लुकामारी’मा सौगातको लुक झल्कने गरि फस्टलुक सार्वजनिक गरिएको छ । सुरजमान सिंह भण्डारीको निर्माणमा तयार भएको यो फिल्ममा सुसन प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन, विनोद खतिवडाको पटकथा तथा संवाद, अष्ट महर्जनको एक्सन, रेनिशा राइको नृत्य निर्देशन, विकास सिलवालको संगीत छ ।
 
फिल्ममा सौगात मल्ल, कर्मा, सुरविना कार्की, रीस्ता बस्नेत, विक्रम सिंह थारु, जेवीडीसी, बसन्त भट्ट मुख्य भूमिकामा छन् । फिल्मले अपराध मनोविज्ञानलाई हाँस्य शैलीमा प्रस्तुत गरेको निर्माता भण्डारी बताउँछन् । 
 
फिल्म हेरुन्जेल दर्शकले पूर्ण मनोरञ्जन लिदै नयाँ स्वाद पाउने उनले बताए । अभिनेता सौगात मल्ल ग्यास सिलिन्डर बोकेर उभिएको फस्टलुकले दर्शकमा अझ कौतुहलता बढाउने देखिएको छ ।
Most Visited News (monthly)