Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

ट्रेलरमा यस्तो छ 'नाई नभन्नु ल ४' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/03/14
प्रतिच्छित फिल्म 'नाई नभन्नु  ल ४'को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच मिडियाकर्मी तथा फिल्मकर्मीमाझ ट्रेलर सार्वजनिक गरियो । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स तथा रोदनका विभिन्न पक्षहरुलाई देखाईएको छ । 
 
जहाँ फिल्मका प्रायः सबै लिड कलाकारहरु देखिएका छन् । ट्रेलरले विगतको सिरिजमा जस्तै बाल कलाकार अनुभव रेग्मीको आमाको रुपमा अभिनेत्री प्रियंका कार्की रहेको दर्शाउँछ । विकास आचार्यको निर्देशन तथा मुस्कान ढकालको एसोसियट निर्देशनमा तयार फिल्म चैत्र २६ मा रिलिज हुँदैछ । 
 
'नाई नभन्नु ल ४'मा प्रियंका र अनुभवसँगै सरोज खनाल, पल शाह, बर्षा राउत, आँचल शर्मा, शिशिर भण्डारी लगायत अभिनयमा छन् । त्यसो त पल, बर्षा र आँचलको लागी यो फिल्म डेब्यु हुनेछ । म्युजिक भिडियोमा मन पराईएको जोडी पल र बर्षाको क्यामेष्ट्री फिल्ममा पनि जम्ने विश्वासमा निर्माण टिम छ । 
 
सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद समावेश फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने नृत्य कविराज गहतराजको छ । फिल्ममा काठमाडौ तथा चितवनका मनोरम दृश्यहरु समावेश छन् ।
ट्रेलर हेर्नुहोसः
 
 
Most Visited News (monthly)