Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`बाटो मुनिको फूल २`को गीतमा यश र अशिष्माको यस्तो प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2016/03/14
गायक, संगीतकार, गीतकारसहित फिल्मका अभिनेता समेत रहेका यश कुमार आफैले निर्माण गरेको फिल्म 'बाटो मुनिको फूल २'को गीत सार्वजनिक गरिएको छ । 'केही कदम...' बोलको गीतमा यशसँग अभिनेत्री अशिष्मा नकर्मीले आफ्नो प्रेम पोखेकी छिन् । यसअघि यशले यहि गीतको टुक्रा रिलिज गरेका थिए ।  
 
अर्न्तजातिय प्रेमको कथा बोल्ने 'बाटो मुनिको फूल'को प्रस्तुत गीतमा यशको अभिनयसँगै शब्द, संगीत तथा स्वर रहेको छ । यशलाई गायनमा जलजला परियारले साथ दिएकी छिन् । 
 
रिदम फिल्मस् प्रोडक्सनको प्रस्तुती रहेको फिल्म 'बाटो मुनिको फूल २'लाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । हिट फिल्म 'बाटो मुनिको फूल' को सिक्वेलमा यश कुमार, अशिष्मा नकर्मी, दिलीप रायमाझी, अर्पण थापा, ऋचा शर्मा, बाबु बोगटी, रिमा विश्वकर्मा, गणेश उप्रेतीलगायतको अभिनय छ । 
 

Most Visited News (monthly)