Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

नाईं नभन्न आग्रह गर्दै पल र वर्षा : आयो शीर्ष गीत

फिल्मीखबर, काठमाडौं, 2016/03/02

फिल्म ‘नाई नभन्नू ल ४’ मार्फत् नेपाली रजतपटमा प्रवेश गरेका पल शाह र वर्षा राउतको अभिनय रहेको सोही फिल्मको शीर्ष गीत बाहिरिएको छ । फिल्म युनिटले बुधबार युट्युब मार्फत् गीत सार्वजनिक गरेको हो ।एक महिना अघि सार्वजनिक भएको अडियो गीत नै स्रोताले मन पराएका थिए । आवाज मात्र पनि एक लाख बढी दर्शकले हेरिसकेका थिए ।



सांगीतिक पक्ष अब्बल रहँदै आएको फिल्मका यसअघि दुई गीत सार्वजनिक भईसकेका छन् । त्यो मध्ये ‘मैना राजा मैना रानी’ ११ लाख भन्दा बढीले हेरिसकेका छन् भने ‘चिया कफी’को स्वाद लिनेको संख्या ५ लाख नाघिसकेको छ ।


शीर्ष गीतलाई राजेश पायल राई र रजिना रिमालले गाएका हुन् भने गीतमा संगीत बसन्त सापकोटाको रहेको छ । गीतको रचना पनि स्वयं बसन्तले नै गरेका हुन् । चैत्र २६बाट प्रदर्शनमा आउने फिल्ममा पल शाह, वर्षा राउत, आँचल शर्माले डेब्यु गर्दैछन् भने प्रियंका कार्की, अनुभव रेग्मी र सरोज खनालले निरन्तरता पाएका छन् ।

फिल्मलाई बिकास आचार्यले निर्देशन गरेका हुन् । फिल्ममा सामीप्यराज तिमल्सेना र आचार्यकै लेखन, पुरुषोत्तम प्रधानको छायांकन र अर्जन जिसीको सम्पादन रहेको छ । मुस्कान ढकाल फिल्मको एसोसिएट निर्देशक हुन् । बिकास राज आचार्यको प्रोडक्सनमा बनेको फिल्ममा दिनेश पोखरेल र हरिबोल भण्डारी निर्माताको रुपमा रहेका छन् ।

 

Most Visited News (monthly)