प्रतिच्छित फिल्म 'ड्रिम्स' आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्म रिलिजको दुई दिन पहिले नै बुकिङ खुल्दा 'क्युएफएक्स'मा यो फिल्मले १४ शो पाएको छ । यो रेकर्डेवल अबसर हो । यसअघि यही अनुसारको प्रदर्शन अबसर 'छड्के' फिल्मले मात्र पाएको जानकारीमा छ ।
सुविधासम्पन्न मल्टिप्लेक्स हलहरुमा नेपाली फिल्मले भन्दा जहिले पनि वलिउड र हलिउड फिल्महरुले शो मा पकड राख्ने गर्छन् जहाँ नेपाली फिल्मले खासै स्थान पनि पाउँदैनन् । नेपाली फिल्म हेर्ने दर्शक आउँदैनन् भनेर हल सञ्चालकहरुले समेत वास्ता नगरेको समाचार बारबार बाहिर आउँदै गर्दा 'ड्रिम्स' जस्ता फिल्महरुले पाएको अबसरलाई फिल्म उद्योगको लागी नै खुसीको कुराको रुपमा लिईएको छ ।
युवा स्टार अनमोल जोडिएको कारण अनि उनका पिता भुवन केसीको डेब्यु निर्देशन रहेकै कारण 'ड्रिम्स'को प्रदर्शन मितिलाई लिएर दर्शक उत्साहित हुँदै गर्दा खुला गरिएको पुर्व बुकिङ तालिकाले थप उत्साह थपेको छ । ६० बढि हलहरु मार्फत एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्मले मल्टिप्लेक्स तथा सिंगल थिएटरमा कमालको बिजनेस गर्ने अनुमान निर्माण युनिटको छ ।

