'पुरानो डुङ्गा' फिल्मको अहिले पोखरामा सुटिङ चलिरहेको छ । रामबाबु गुरुङको निर्देशनमा तयार हुँदै गरेको यो फिल्मको सुटिङ लम्बिँदै गर्दा यता फागुन दोश्रो हप्ताबाट फ्लोरमा जाने भनिएको फिल्म 'चपली हाईट २' को छायाँकन भने रोकिएको छ, कारण हो, रामबाबुको फिल्मका दृश्य कैद गरिरहेको क्यामेरा अड्किनु ।
चपली निर्देशक दिपेन्द्र के खनालले 'पुरानो डुङ्गा' खिचिरहेको 'रेड ईपिक' क्यामेराले नै आफ्नो फिल्म छिच्ने तय भएको तर उता सुटिङ लम्बिँदै गर्दा काम अघि नबढेको बताए । पुरानो डुङ्गाको सुटिङ अर्को हप्ता सकिने र त्यसपश्चात क्यामेरा काठमाडौं आएपछि आफ्नो फिल्म फ्लोरमा जाने खनालको भनाई छ ।
'चपली हाईट २'मा लिड कलाकारको रुपमा मरिश्का पोखरेल, आयुष्मान देशराज र परमिता राज्यलक्ष्मी राना रहने फाईनल भईसकेको छ । फिल्म काठमाडौं आसपास छायाँकन हुनेछ । निर्देशक खनालले यसअघि नै कुरिनटारमा हप्तादिन बिताएर कलाकारहरुलाई कार्यशालामा सामेल गर्दै अभिनयमा निखारता निकाल्ने काम गरिसकेका छन् ।

