बलिउड अभिनेता तथा हाँस्य कलाकार कपिल शर्माको नयाँ टेलिभिजन कार्यक्रम 'दि कपिल शर्मा शो' को प्रोमो रिलिज भएको छ । ४५ सेकेण्ड लामो सार्वजनिक प्रोमोमा कपिलसँगै सुमोन चक्रवर्ती, कीकू शारदा, सुनिल ग्रोवर, चंदन प्रभाकर लगायत देखिएका छन् ।
प्रोमोमा सबै कलाकारलाई कालो सुटमा देख्न सकिन्छ । जहाँ कपिलको पुरानो शो 'कमेडी नाईट विथ कपिल'का सबैजसो टिम सदस्य अटाएका छन् । कपिलको यो नयाँ कार्यक्रम अप्रिल २३ बाट सोनी च्यानलमा आउँदैछ ।
राती ९ बजे आउने यो कार्यक्रमसँग रोमाञ्चक प्रतिस्पर्धा भने के हुँदैछ भने, सोही समयमा कृष्ण अभिषेकको दुई शो 'कमेडी नाईट्स बचाओ' र 'कमेडी नाईट्स लाईभ' कलर्स टिभीमा प्रसारण भइरहेको छ । त्यसैले यसअघि कलर्स टिभी मै देखिएका कपिलको शो को सिधा टक्कर उल्लेखित दुई कार्यक्रमसँग नै हुनेछ ।

