Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

ह्याट्रिक यात्रामा अर्गानिक 'हिरो' टुल्के

फिल्मीखबर, काठमाडौं, 2016/03/01
टलकजंग भर्सेज टुल्के' फिल्मबाट नेपाली फिल्मीपर्दामा छाएका खगेन्द्र लामिछानेले लगातार दुई पटक नेपाली दर्शकले खोजेको अभिनय पस्के । पहिलो फिल्मबाट 'टुल्के' नामको उपमाबाट चर्चामा आएका उनको अभिनय पछिल्लो रिलिज फिल्म 'पशुपतिप्रसाद'बाट पनि प्रमाणित भयो । 
 
मौलिक नेपाली कथा बोलेको टलकजंगबाट आईकन बनेका टुल्के उर्फ खगेन्द्रले अभिनय गरेको पशुपतिप्रसाद पनि उस्तै अर्गानिक बन्यो । नजिकको तिर्थ हेला भनेझैं धेरै निर्देशक तथा कथाकारको दिमाखमा नआएको पशुपतिनाथ तिरको कथामा उनको अभिनयलाई निर्देशक दिपेन्द्र के खनालले पनि खरो उतार्ने काम गरे । यो फिल्मको कथा पनि निर्देशक खनालले नै लेखेका हुन् भने पटकथा तथा डायलग खगेन्द्रले लेखेका हुन् ।
 
पछिल्लो पटक कोही कलाकारको नामकै कारण हलसम्म फिल्म हेर्न जाने दर्शक कम हुँदैगर्दा दयाहाङ राईहरुको क्याम्पमा दर्शकले खोज्ने पात्रको रुपमा टुल्के स्थापित भए, मात्र दुई फिल्मबाट । त्यसैले सोहीप्रकारले आउँदा फिल्ममा पनि प्रस्तुती दिनसके भने उनको दमदार अभिनयले ह्याट्रिक हान्न सक्छ । उनीबाट धेरै दर्शकले खोजेको अनि राखेको आशापनि यही छ ।
Most Visited News (monthly)