अभिनेता र निर्माता हुँदै निर्देशनमा डेब्यु गरेका पुराना स्टार भुवन केसीले युवा स्टारको उपमा पाएका पुत्र अनमोल केसीको अभिनयलाई 'प्रफेक्ट' भनेका छन् । मिडियासँगको कुराकानीको क्रममा भुवनले फिल्मको स्कृप्ट हेरेर अनमोलले अभिनय गर्ने भन्दै सो अनुसार अहिलेसम्म गरेका सबै फिल्ममा अनमोलले 'प्रफेक्ट' अभिनय गरेको दाबी गरे ।
पछिल्लो समय अनमोलको अभिनयलाई कमजोर भन्दै मिडियामा समाचार आईरहेको प्रसङ्ग जोडेर गरिएको प्रश्नमा भुवनले 'होस्टेल' देखी 'जेरी'सम्म अनमोलले कथाअनुसार उत्कृष्ट अभिनय गरेको भन्दै कमजोर अभिनय भएको भए, दर्शकको साथ किन मिल्थ्यो, भन्दै प्रतिप्रश्न गरे ।
'ड्रिम्स' सुटिङ सेटमा अनमोलले अभिनेत्रीसँग रोमान्स गर्दा आफुले पुरानो दिनहरु सम्झेको भन्दै भुवनले अनमोलले गरेको हरेक अभिनयमा आफैलाई पाएको बताए ।
फिल्म जतिसक्दो राम्रो बनाउने प्रयत्न गरेको भन्दै उनले एकपटक फिल्म हेरेर भेटेका कमी कमजोरी औल्याईदिन आग्रह समेत गरेका छन् । फागुन २१ रिलिज हुने यो फिल्ममा भुवनको एक्शन कट समावेश हुँदा अनमोल र साम्राज्ञ्यलक्ष्मी शाह लिड रोलमा छन् ।
भिडियो कुराकानीः

