Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्रेलरमा यस्तो देखियो शाहरुखको 'फ्यान' (भिडियो)

एजेन्सी, मुम्बई, 2016/03/01
बहु प्रतिच्छित बलिउड फिल्म 'फ्यान'को ट्रेलर सार्वजनिक भएको छ । मनिष शर्मा निर्देधित फिल्मको ट्रेलरमा शाहरुख खान दोहोरो भुमिकामा देखिएका छन् । बलिउडका बादशाह भनेर चिनिने शाहरुखको यो फिल्मलाई लिएर दर्शक तथा फ्यानहरु उत्साहित हुँदै गर्दा निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । 
 
ट्रेलरमा सुपरस्टार र फ्यानविचको युद्ध देखाइएको छ । जहाँ शाहरुख 'गौरव' नामको फ्यानका रुपमा देखिन्छन् । फिल्ममा शाहरुख तन्नेरी युवा देखिन्छन् । भने उनको सपोर्टिङमा अन्य कलाकार वलुस्वा डिजुसा र श्रीया पिलगांवकर छन् । 
 
अप्रिल १५ मा रिलिजहुने फिल्मले बक्सअफिसमा कमाल गर्ने अनुमान धेरैको छ । यशराज व्यानरको यो फिल्ममा युवा देखिनको लागी शाहरुखले निकै मेहनत गरेको कुरा यसअघि नै बाहिर आएको थियो ।
 
भिडियोः
 
Most Visited News (monthly)