२०५४ साल बैशाख २३ गते बाट संचालनमा आएको चितवनको नारायणगढमा अवस्थित इन्द्रदेव चलचित्र मन्दिरले दर्शकको सल्लाह सुझावलाई ध्यानमा राख्दै हल पुननिर्माण गरेको छ ।
असोज ४ गतेबाट फिल्म प्रदर्शनलाई थाती राखेर पुननिर्माण कार्य अगाडी बढाईएको थियो । पुननिर्माण गरिएको इन्द्रदेव चलचित्र मन्दिर यहि फागुन २१ गतेबाट नयाँँ प्रबिधीका साथम सुबिधासम्पन्न रूपमा संचालनमा आउदै छ ।
२०५४ सालमा एक करोड भन्दा बढी लगानीमा संचालनमा आएको ७९५ सिट क्षमता सो हललाई करिब ५ करोडको लगानीमा पुननिर्माण गर्दै ८३२ दर्शक क्षमता भएको हल निर्माण गरिएको छ । अत्याधुनिक र बिशेष सुविधायुक्त हलमा रुपान्तर गरिएको यस इन्द्रदेव चलचित्र मन्दिर सिल्भर स्कृनमा नेपालकै ठुलो हल बनेको बताईएको छ ।
हलमा अब पूर्ण रूपमा एयर कन्डिसन, आधुनिक डिजिटल मेशिन टूके ट्वान्टी बारको प्रोजेक्टरबाट फिल्म प्रदर्शन, थ्री डि फिल्म हेर्न मिल्ने, थ्री वे साउन्ड लगायतको बिशेष सुविधा रहने छ । बाल्कोनी ३१७ सिट क्षमता भएको पोल्टिनियमको टिकट रु २५० र स्पेसल ५१५ सिट भएको गोल्डको टिकट रु २०० मूल्य निर्धारण गरिएको छ ।
अनलाईनबाट पनि टिकट काट्ने सुबिधा भएको पूर्ण पारिवारिक हल भित्र नै फूड स्टल समेत रहने छ । फागुन २१ गते शुक्रबारबाट भुवन केसी निर्देशित 'ड्रिम्स'ले हलको उदघाटन गर्नेछ ।

