पुर्व मिस नेपाल माल्भिका सुब्बा आमा बन्दै गरेको समाचार पुरानो हो । तर उनी दुई सन्तानकी आमा बन्दै भन्ने पढ्दा तपाईंलाई आश्चर्य लाग्नसक्छ । केहि दिन पहिले राजधानीमा आयोजित एक कार्यक्रममा माल्भिका आफैले बोलिन् कि 'बैशाखमा म एकसाथ दुई सन्तानको आमा बन्दैछु।'
माल्भिकाले यो भन्दैगर्दा उपस्थित अन्य व्याक्तिहरु आश्चर्य मान्दैथिए, तर माल्भिकाले कुरा पुरा गरिन्, बैशाख १० मा उनले निर्माण गरेको फिल्म 'हाउ फन्नी' एक सन्तान अनि चिकित्सकको परामर्शमा बच्चा जन्मिने दिन बैशाख १७ मा अर्को सन्तान जन्माउँदै गरको रहस्य !
फिल्ममा पहिलो पटक लगानी गर्दै कार्यकारी निर्मात्री रहेकी माल्भिका कार्यक्रममा बोल्दै रिलिजपश्चात दर्शकको राम्रो साथ पाउनेमा आशावादी देखिईन् । यो फिल्ममा निलुदोमा शेर्पाको 'एक्शन कट' हुँदा प्रियंका कार्की, केकी अधिकारी, दयाहाङ राई, अनुपबिक्रम शाही लगायत लिड रोलमा छन् ।

