अभिनेत्री दिपाश्री निरौलाले निर्देशन गर्ने गरी निर्माण घोषणा गरिएको फिल्म '६क्का पञ्जा'मा लिड अभिनेत्रीमा प्रियंका कार्की रहने पक्का भएको छ । निर्माण टिमबाट जानकारीमा आएअनुसार प्रियंका दिपाको 'एक्शन कट'को लागी अनुबन्ध भएकी छन् ।
प्रियंकाले यसअघि दिपा तथा दिपकराज गिरीको टिमअपमा बनेको फिल्म 'वडा नम्बर ६' मा पनि सँगै काम गरेकी थिईन् । सँगसँगै प्रियंकासँगै दिपकराज गिरी, केदार घिमिरे (माग्नेबुढा), जितु नेपाल, शिवहरी पौड्याल, किरण केसी, बुद्धी तामाङ लगायत समेत फिल्मको अभिनयको लागी अनुबन्धन भएको जानकारीमा छ ।
यो टिमका पछिल्ला दुई फिल्ममा समेटिएका सिताराम कट्टेल (धुर्मुस) भने यो पटक समेटिएका छैनन् । सरसफाईको अभियानमा व्यस्त धुर्मुसले फिल्म गर्ने समय निकाल्न नसकेको कारण बाहिर बताईए पनि उनी नसमेटिनुमा यतीमात्र कारण हो या अन्य गुदी केहि छ, त्यो भने खुलेको छैन् । फिल्म चैत्र ८ बाट फ्लोरमा जाने बताईएको छ ।

