Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सोनमको 'निरजा'ले राख्यो ऐतिहासिक रेकर्ड

एजेन्सी, मुम्बई, 2016/02/29
सोनम कपुर स्टारर बलिउड फिल्म 'निरजा'ले बक्सअफिसमा कमालको बिजनेस गरेको छ । बलिउड अनलाईन कोईमोई डटकमका अनुसार फिल्मले अहिलेसम्म लगानी उठाउँदै १ सय ३८ प्रतिशत नाफाको बिजनेस गरेको छ । 
 
२१ करोडको लागतमा पर्दामा आएको फिल्मले अहिलेसम्म ५० करोडको बिजनेस गरेको छ । जसमा २९ करोड नाफा निस्किन्छ । सोनम कपुरको लागी पनि यो फिल्म करियरकै महत्वपुर्ण बनेको छ । उनको करियरमा कुनै सुपरस्टारसँग नजोडिई किनै एकल रुपमा लिड अभिनय समेटिएर प्रदर्शनमा आएको फिल्ममा नै उच्च नाफाको बिजनेस गर्ने फिल्मको रुपमा समेत यो फिल्म रेकर्डेवल सावित भएको छ ।
 
त्यसो त यो फिल्म २०१६ मा प्रदर्शनमा आएका फिल्म मध्ये १ सय प्रतिशत बढि नाफा कमाउने दोश्रो फिल्म हो । यसअघि प्रदर्शनमा आएको अक्षयकुमार स्टारर 'इयरलिफ्ट'ले पनि सय प्रतिशत बढि नाफाको बिजनेस गरिसकेको छ ।
 
राम मध्वानी निर्देशित फिल्ममा सोनमसँगै शवाना अज्मी, योगेन्द्र तिकु लगायत लिड रोलमा छन् । फिल्मले १९ को दशकको एक रियल कथा बोल्छ ।
Most Visited News (monthly)