फिल्म 'हाऊ फन्नी'को सार्वजनिक गरिएको छ । पूर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको यो फिल्म जेष्ठ १५ बाट प्रदर्शनमा आउने छ ।
कमेडी फिल्म 'हाऊ फन्नी'मा प्रियंका कार्की, दयाहाङ राई, केकी अधिकारी, अनुप बिक्रम शाही, निशा अधिकारी, शिशिर राणा लगायतको अभिनय रहेको छ ।
शान बस्न्यातको पटकथा तथा संवाद रहेको यस फिल्ममा संगीत शैलेश सिंह, सुरेश अधिकारी र शैलेन्द्र श्रेष्ठको रहेको छ भने यसलाई हरि हुमागाईले खिचेका हुन् । फिल्ममा आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको लगानी रहेको छ ।

