अभिनेत्री रेखा थापा नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री हुन् । उनलाई कसैले स्टारको संज्ञा दिन्छन् त कसैले सुपरस्टार नै भन्छन् । कतिले महानायिका पनि भन्न भ्याउँछन् । जे होस्, उनी सफल अभिनेत्री हुन् ।
आफूलाई दिएको मानसम्मानलाई स्विकार गरेपनि रेखाले आफू स्टार अर्थात् तारा नभएर चन्द्रमा भएको बताएकी छिन् । फिल्मीखबरसँगको बिशेष कुराकानीमा रेखाले तारा सधैंं नदेखिने र चन्द्रमा सधैंं चम्किरहने भएकाले आफू चन्द्रमा नै भएको बताएकी हुन् । उनको यो भनाईले स्टारको पदवी पाएका कलाकारहरूलाई रेखाले झटारो नै हानेको छ ।
रिलिजको क्रममा रहेको फिल्म 'राम प्यारी'की अभिनेत्री तथा निर्माता रेखाले पूर्व पति छबिराज ओझाको कारणले आफू चन्द्रमा बनेको कुरा अस्विकार समेत गरेकी छिन् । 'म जुन स्थानमा छु र सफल छु त्यो मेरै मेहनत र लगनशिलताले भएको हो', रेखाले भनेकी छिन्, 'छबिले त बाटो देखाएको मात्र हो ।' यस्तै उनले छबिलाई आफूले कहिल्लै पति परमेश्वर नमानेको पनि बताईन् ।
रेखाले छबिको बारेमा र आफ्नो फिल्म र फिल्म करियरको बारेमा के-के बोलिन् त ? भिडियो हेर्नुस् ।

