सन्तोष सेनको लगानी रहेको फिल्म 'प्रेमगीत' अहिले प्रदर्शनको तेस्रो हप्तामा चलिरहेको छ । प्रदिप खड्का र पूजा शर्माको प्रेमिल जोडीको अनस्कृन रोमान्स दर्शकले राम्रै रुचाएका छन् । तेश्रो हप्ताको शनिबार पनि फिल्मले धेरै हलहरुमा हाउसफुल बिजनेस गरको निर्माण कम्पनिले बताएको छ ।

त्यसो त राजधानीको गुण, गोपिकृष्ण तथा अष्टनारायण हलमा फिल्मीखबर संवाददाता पुग्दा 'प्रेमगीत' प्रदर्शनरत हल हाउसफुल भेटिए । बिदाको दिन शनिबार बिहानदेखी दिवासम्मका सबै सो उल्लेखित हलमा हाउसफुल भेटिँदा अभिनेता खड्कालाई अष्टनारायण हलमा दर्शकले उचाले अनि नारा घन्कियो 'प्रेमगीत' 'प्रेमगीत' । 'प्रेमगीत' हेरेर निस्किँदै गरेका दर्शकको 'क्राउड'का कारण अनि प्रदिप खड्कासँग फोटो खिचाउनेको भिडले केहि बेर यातायात नै अस्तव्यक्त बन्यो ।
निर्माता सेनले काठमाडौं सहित पोखरा, हेटौँडा, नारायणगढ, बिर्तामोड लगायतका स्टेशनमा पनि दर्शकहरुको आफ्नो फिल्मप्रति उत्साह उस्तै भेटेको भन्दै अहिलेसम्मको बिजनेशले लगानी रिकभर भएको भन्दै अबको बिजनेश नाफोन्मुख रहने बताए । नेपाल बाहिरका पनि दर्जनबढि देशमा फिल्म रिलिजको तयारी भईरहेको सेनको भनाई छ ।
सुदर्शन थापा निर्देशित फिल्म १ करोड बढि लागतमा निर्माण भएको हो । आसुसेन फिल्मस् को व्यानरमा तयार फिल्म भ्यलेन्टाईन डे लक्षित गर्दै माघ २९ मा प्रदर्शनमा आएको थियो ।

