प्रदर्शनको तेस्रो हप्ता प्रवेश हुँदा फिल्म 'क्लासिक'ले दर्शकको साथ कायमै राखेको छ । राजधानीका केहि हलमा फिल्मले शनिबार हाउसफुल बिजनेस गर्यो । फिल्मीखबरकर्मी गोपिकृष्ण हल पुग्दा हाउसफुल बिजनेस भेटेका निर्माता सुबास गिरी हर्षित मुद्रामा देखिए ।
फिल्मले रिलिजको दिनदेखी नै गोपिकृष्ण हलमा उकछत्र राज गरिरहेको छ । 'प्रदर्शनरत प्रायः हलहरुमा दोश्रो तथा तेस्रो हप्तामा पनि दर्शकको साथ पहिलो हप्तामा जत्तिकै रहनुले उत्साहित बनाएको छ, ' निर्माता गिरीले खुसी हुँदै भने, फेरी एकपटक सफल फिल्मको ट्याग दिलाएकोमा सम्पुर्ण शुभचिन्तक तथा दर्शकहरुप्रति आभारी छौं ।'
दृष्टीबिहिनहरुको प्रेमकथा बोलेको फिल्ममा आर्यन र नम्रता श्रेष्ठ लिड रोलमा छन् । अघिल्लो हप्ता मोफसल दौडाहामा कलाकारहरुसँगै निस्केका निर्माता गिरीले काठमाडौं बाहिर पनि फिल्म लागिरहेका हरेक शहरमा दर्शकको साथ उत्तिकै राम्रो भेटेको बताए ।
दिनेश राउत निर्देशित फिल्मले लगानी रिकभर गर्दै यो हप्ताबाट नाफाको बिजनेश सुरु गरेको जानकारीमा छ । फिल्ममा अभिनेत्री नम्रताले निभाएको भूमिकाको निकै तारिफ भईरहेको छ ।

