Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'हाउ फन्नी'सँग केक काट्दै प्रियंकाले खोलिन् जासुस रहस्य

फिल्मीखबर, काठमाण्डौ, 2016/02/27
पछिल्लो समयकी व्यस्त अभिनेत्री प्रियंका कार्की २९ बर्ष लागेकी छिन् । शनिबार परेको जन्मदिनमा उनले रिलिजको क्रममा रहेको फिल्म 'हाउ फन्नी'टिमसँग केक काटिन् । प्रियंकाले केक काट्दा हाउ फन्नी टिमसँगै चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी लगायतले सँगसँगै 'ह्याप्पी बर्थडे प्रियंका' बोले । 
 
 
जन्मदिनमा शुभचिन्तकहरुलाई सन्देश सेयर गर्दै प्रियंकाले दर्शकहरुको साथ सहयो र समर्थनले नै नेपाली फिल्ममा अहिलेको प्रियंका बनेको भन्दै यो साथ निरन्तर रहनेमा आशा व्यक्त गरिन् । यो भन्दै उनले 'हाउ फन्नी' भित्रको रहस्यमय जासुस पात्रको बारेमा पनि खुलाईन् । यसअघि नै यो फिल्ममा प्रियंका र केकी अधिकारी जासुस भूमिकामा रहेको फोटो सार्वजनिक भए पनि तथ्य खुलेको थिएन् । 
 
प्रियंकाको जासुस पात्र खुलाउँदै निर्देशक निलुडोमा शेर्पाले फिल्म नै जासुस प्रियंका र केकीको वरीपरी नै घुमेको भन्दै फिल्मको खास हिरो नै यी दुईजना रहेको बोलिन् । यो फिल्ममा प्रियंका र केकीसँगै दयाहाङ राई, निशा अधिकारी, शिशिर राणा लगायत लिड रोलमा छन् । 
 
यसैबीच 'हाउ फन्नी'को ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । प्रियंकाको जन्मदिन मनाउँदै यो फिल्म नयाँ बर्ष लागे लगत्तै बैसाख १० मा रिलिज हुने जानकारी गराईयो ।
Most Visited News (monthly)