Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

बलिउड सेलिब्रेटीसँग प्रधानमन्त्री ओलीको भेट पक्का

फिल्मीखबर, काठमाडौं, 2016/02/23
भारत भ्रमणको क्रममा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउडका कलाकारहरुसँग साक्षात गर्ने कार्यक्रम पक्का भएको छ । भ्रमणमा निस्किनुपुर्व नै काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले बलिउड फिल्मकर्मीहरुलाई पनि भेट्ने भनिएपनि कार्यक्रम तय भएको थिएन् । 
 
नेपाली राजदुतावाससँगक संयोजनमा नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोईरालाले ओलीलाई बलिउड फिल्मकर्मीसँग भेटघाटको चाँजोपाँजो मिलाएकी हुन् । टाईम्स अफ ईण्डियाले लेखेअनुसार बुधबार ओलीले बलिउडका चर्चित कलाकर ज्याकी श्राफसँगै निर्माता, निर्देशक सुवास घईसहित नयाँ तथा पुराना पुस्ताका नाम चलेका फिल्मकर्मीहरुसँग भेटघाट गर्नेछन् । 
 
नेपाली राजनीतिसँग निकट रहेकी मनिषाको तारिफ गर्दै टाईम्स अफ ईण्डियाले उनको परिचय नेपालकै पहिलो जन निर्वाचित प्रधानमन्त्री विपी कोईलाको नातिनिको रुपमा पनि परिचय जोडेको छ ।
 
समाचार श्रोतका अनुसार बलिउड फिल्मकर्मीसँगको भेटघाटको क्रममा ओलीले पर्यटकिय नगरी नेपालमा फिल्म छायाँकनको प्रसस्तै संभावनाको बारेमा जानकारी दिँदै बलिउडको छायाँकनको थलो नेपाललाई पनि बनाउन आग्रह गर्नेछन् । त्यसो त पछिल्लो समय बलिउड फिल्महरु नेपालमा छायाँकनको क्रम पनि बढिरहेको छ ।
Most Visited News (monthly)