Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

पाउजु बजाउँदै रेखाले यसरी भाँचिन कम्मर (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/02/23
नयाँ बर्ष २०७३ को छेकोमा प्रदर्शनमा आउने फिल्म 'रामप्यारी'को प्रचारको लागी निर्मात्री तथा अभिनेत्री रेखा थापा अहिले प्रचार प्रसारको सुरुवाति चरणमा व्यस्त छन् । केहि दिन पहिले नवलपरासी पुगेर क्यारेक्टर पोस्टर सार्वजनिक गरेकी रेखाको फिल्मको नयाँ गीत सार्वजनिक भएको छ ।
 
सार्वजनिक गीतमा स्वर थानेश्वर गौतम र माण्डवी त्रिपाठीको छ भने संगीत पनि गौतमले नै भरेका छन् । 'छम छम पाउजुहरु' बोलको गीत हेर्दा आकर्षक लाग्छ । गीतमा कोरियोग्राफी राम्जी लामिछानेको छ ।  रेखासँगै आश्मा डिसी, आभाष अधिकारी र सविन श्रेष्ठ लिड रोलमा रहेको फिल्मले महिला टेम्पो ड्राईभरको कथा बोल्छ ।
 
सबिर श्रेष्ठको निर्देशनमा रहेको फिल्मलाई रेखाले यसअघि नै नारीप्रधान भनिसकेकी छिन् । त्यसो त रेखा स्टारर अधिकांश फिल्म महिलाकै हक अधिकारको वरीपरी केन्द्रित हुन्छन् ।
 
भिडियोः
 
Most Visited News (monthly)