Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

डिसीलाई आफ्नै हिरो प्यारो | भन्छन्, `अनमोलको अभिनय कमजोर` (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/02/22
फागुन २१ गते दुई चर्चित फिल्म 'फुलैफुलको मौसम तिमीलाई' र 'ड्रिम्स' भिड्ने पक्का हुँदा यी दुई फिल्मको चर्चा व्यापक छ । अर्को तर्फ दुई चर्चित फिल्मकर्मी भुवन केसी र दिनेश डिसी एक अर्कासँग भिड्दै गर्दा यो बिषयले चर्चा पाउनु पनि स्वभाविक हो । यो बीचमा केसी र डिसीले एक अर्कालाई कटाक्ष पनि हान्न छाडेका छैनन् । 
 
 
डिसीको 'फूलैफूलको मौसम तिमीलाई'सँग जोडेर प्रतिस्पर्धीको कुरा गर्दा भुवन केसीले नेपाली फिल्मसँग नै आफ्नो प्रतिस्पर्धा नभएको बताउँदा त्यो कुरालाई डिसीले तत्काल जवाफ फर्काएका थिए । यो बीचमा सोमबार आयोजित एक कार्यक्रममा डिसीले भुवन पुत्र अनमोल केसीलाई कटाक्ष हान्दै कमजोर अभिनय सुधारेर फिल्म गर्न आग्रह गरेका छन् । 
 
राजधानीमा आयोजित एक कार्यक्रममा युवा स्टारको उपमा पाएका अनमोललाई लक्षित गर्दै डिसीले भने, 'अनमोलले अभिनय गर्नै जान्दैन् मैले भनेको होईन् तर कमजोर अभिनय छ, त्यो सुधार्नपर्छ, बल्ल हिरोको उपमा दिन मिल्छ ।' उनले ह्याण्डसम हुँदैमा हिरो नहुने भन्दै अभिनय दमदार नहुने हो भने भोलीको दिनमा उनी भन्दा ह्याण्डसम युवक फिल्म क्षेत्रमा आउँदै गर्दा उनको स्पेस खोसिन सक्ने कटाक्ष हाने । 
 
अनमोलको भन्दा आफ्नो हिरोको अभिनय प्रफेक्ट भएको पनि डिसीको दाबी थियो । भुवन केसी निर्देशित फिल्ममा अनमोल र साम्राज्ञ्यलक्ष्मी शाह लिड रोलमा छन् भने डिसीको फिल्ममा आमेश भण्डारी र नीता ढुङ्गाना लिड रोलमा छन् । यी दुई फिल्मको भिडन्त रोमाञ्चक हुने देखिएको छ ।
Most Visited News (monthly)