Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'भाग् सानी भाग्' शिर्ष गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/02/22
फिल्म 'भाग् सानी भाग्'को शिर्ष गीत रिलिज भएको छ । युट्युवमा सार्वजनिक गीतमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री केकी अधिकारी फिचरिङमा छन् । हाईवे मा खिचिएको गीतमा स्वर दिपक लिम्बु र स्मिता दाहालको छ । 
 
चेतन सापकोटाको संगीत तथा प्रमोद ढुङ्गानाको शब्द समावेश छ । नवल नेपालको निर्देशन रहेको फिल्म आउँदो चैत्र ५ मा रिलिज हुँदैछ । फिल्ममा संगीतकार सापकोटा र सहदेव गौतमको साथमा विष्णु चापागाईं र विलोल पोखरेलको लगानी छ । 
 
यसैबीच 'भाग् सानी भाग्' टिम प्रचारको लागी मोफसलमा निस्केको छ । सोमबार काठमाडौंबाट बाहिरिएको टिम मंगलबारबाट पोखरा, बुटवल हुँदै चितवन तथा हेटौंडा पुग्नेछ । अनि सम्बन्धित ठाउँमा पत्रकार भेटघाट गर्नेछ ।
 
भिडियोः
 
Most Visited News (monthly)