Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेन्सर लफडामा 'च्याम्पियन', सर्वोच्चमा मुद्दा दर्ताको तयारी

फिल्मीखबर, काठमाडौं, 2016/02/22
फिल्म निर्माण ईजाजत लिँदा चलचित्र विकास वोर्डमा दर्ता गरेको कलाकारको नामको विषयमा लिएर फिल्म 'च्याम्पियन' सेन्सर लफडामा परेको छ । फिल्म निर्माणको ईजाजत लिँदा उद्धव नेपाल नामका कलाकारलाई लिड अभिनयमा लिने भनिएपनि पछि उनलाई नलिईएपछि उनले नै वोर्डमा उजुरी दर्ता गर्दा 'च्याम्पियन' टिम लफडामा परेको हो । 
 
सोमबार फिल्म सेन्सरको लागी दर्ता प्रक्रिया अघि बढाउन निर्माण टिम विकास वोर्ड जाँदा उद्धवले फिल्म युनिटलाई बिपक्षी बनाई उजुरी हालेको भेटिएको निर्देशक बिबी फुयाँलले बताए । उद्धवले आफ्नो मानहानी भएको भन्दै ६० हजार क्षतिपुर्ती सहितको उजुरी वोर्डमा दर्ता गरेको बताईएको छ । सोहि अनुसार  विकास वोर्डले दुई पक्ष बीचको लफडा मिलाएर आएपछि मात्र सेन्सरको बाटो खोल्ने भनेपछि फिल्म युनिट तनाबमा परेको छ । 
 
'उद्धवजीले क्रिकेट खेल्न जानेको भनेपछि फिल्ममा लिईएको र क्रिकेटको कथामा बनेको फिल्ममा उनले खेल नै नजानेको पाईएपछि उनको ठाउँमा हामीले दिक्पाल कार्कीलाई लियौं तर अहिले आएर उनले फिल्म रिलिज रोक्ने षडयन्त्र स्वरुप भाँजो हालेको पाईयो', निर्देशक फुयाँलले फिल्मीखबरसँग भने । 
 
लफडा विकास वोर्डमा नसुल्झेपछि 'च्याम्पियन' टिम सर्वोच्च अदालत पुगेको छ । विकास वोर्डले मध्यस्थकर्ताको भुमिका खेल्दै लफडा मिलाउनुपर्नेमा उल्टो मिलेर आउनु भनेको भन्दै वोर्डलाई नै बिपक्षी बनाएर सर्वोच्चमा मुद्धा दर्ता गर्न आफुहरुले तयारी गरेको भएपनि सोमबार ढिला भएकोले मंगलबार मात्र दर्ता हुने निर्देशकले बतaएका छन् । यो बिषयमा बुझ्न खोज्दा सेन्सर वोर्ड सदस्य सन्दिप सापकोटाले आफुलाई जानकारी नभएको बताए ।
 
यो फिल्ममा दिक्पाल कार्कीसँगै साहिल खान र मञ्जिता केसी लिड रोलमा छन् । फिल्मले नेपाली क्रिकेटको संघर्षको कथा बोलेको छ । यो फिल्म आउँदो शुक्रबार रिलिज हुने तालिका छ ।
 
Most Visited News (monthly)