अभिनेत्री दीपा श्री निरौलाले निर्देशन गर्ने भनेर घोषणा गरिएको फिल्म 'लप्पन छप्पन' अर्कैको ब्यानरमा दर्ता भएपछि नयाँ नाम लिईएको छ । अब दिपाले '६क्का पञ्जा' नामको फिल्म निर्देशन गर्नेछिन् ।
६ अंक फाप्दै आएकोमा निर्माता तथा कलाकार दिपकराज गिरी र दिपाश्रीको टिमअपले सोही अंक जोड्दै नयाँ फिल्म निर्माणको घोषणा गरेको हो । फिल्म चैत्र ८ बाट फ्लोरमा जाने बताईएको छ ।
सरस्वती पूजाका दिन आफैले निर्देशन गर्ने गरी 'लप्पन ६प्पन' निर्देशको घोषणा गरेकी थिईन् । तर फिल्म दर्ता गर्न जाँदा फिल्म पहिले नै दर्ता भईसकेको थाहा पाएपछि दीपा तनावमा आएकी थिइन् ।
निर्देशन गर्ने फिल्ममा जितु नेपाल, शिवहरी पौडेल र बुद्धि तामाङ आदि कलाकारले अभिनय गर्ने चर्चा छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्ने बताईएको छ । यसअघि दिपक दिपा लगायतको टिमले दुई हिट फिल्म 'छ एकान छ' र 'वडा नम्बर छ' दर्शकमाझ ल्याईसकेको छ ।

