बलिउड अभिनेत्री करिना कपुर खानले अभिनेता सैफ अलि खानसँग बैबाहिक बन्धनमा बाँधिए पश्चात 'अनस्क्रिन लिप किस'को दृश्य फिल्ममा नदिने बोलेकी थिईन् । तर पछिल्लो एक फिल्ममा उनले आफ्नै बाचा तोडेकी छिन्, प्राप्त तश्विरमा करिनाले फिल्म 'कि एण्ड का'को एक दृश्यमा अभिनेता अर्जुन कपुरसँग लिप किस सेयर गरेकी छिन् ।

यसअघि पनि उनले केहि फिल्ममा अभिनेताहरुसँग कलोज्ड दृश्य दिएको भए पनि लिप किस को दृश्य दिएकी थिईनन् । तर पछिल्लो फिल्ममा उनी बचनबद्ध हुन सकिनन् । 'कि एण्ड का' निर्देशक आर बाल्कीले आफ्नो फिल्मभित्र पति पत्निको भूमिकामा अर्जुन र करिना रहेको र एक विवाहित जोडीको रोमान्सको दृस्य खिच्दा करिनाले कुनै आपत्ति नजनाइइको समरत दाबी गरेका छन् ।
आउँदो अप्रिल १ मा रिलिज हुने यो फिल्ममा अर्जुन र करिनाले अनस्कृन रोमान्स गरेका छन् । फिल्मलाई लभस्टोरी जनरामा राखिएको छ ।

