Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘वीर विक्रम’मा को कस्तो, दयाहाङको लुक्स यस्तो !

फिल्मीखबर, काठमाडौं, 2016/02/18
फिल्म ‘वीर विक्रम’को 'फस्टलुक्स' र क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा लिड कलाकारहरुको फरक फरक गेटअप अनि लुक्स देख्न सकिन्छ ।  निर्माणको समयदेखि नै चर्चामा रहेको ‘वीर विक्रम’लाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
 
 
'हँसिया' निर्देशकको यो फिल्मलाई  लभ, एक्सन र कमेडी जनराको भनिएको छ । फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, दिया पुन, नाजिर हुसेन, विभेक लिम्बु, शिशिर राना र वसन्त भट्ट लिड अभिनयमा छन् ।
 
 
ताराप्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफी तथा  सम्राट बस्नेतको एक्शन समावेश फिल्मलाई  राजकुमार केसीले खिचेका हुन् । फिल्मको कथा यम थापाको हो ।
 
Most Visited News (monthly)