Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

'ड्रिम्स' हिरोईनको रोजाईमा भुवन कि अनमोल ?

फिल्मीखबर, काठमाडौं, 2016/02/18
पहिलो पटक अभिनय गरेको फिल्म नै रिलिज भईसकेको छैन् तर रिलिजको क्रममा रहेको फिल्म 'ड्रिम्स'बाट रजतपटमा डेब्यू गरेकी अभिनेत्री साम्राज्ञ्यलक्ष्मी शाहको चर्चा चुलिंदो छ । जसले युवा स्टार अनमोल केसीसँग नै पहिलो पटक पर्दामा रोमान्स गर्न पाईन्, त्यो नै उनी चर्चामा रहनुको मुख्य कारण बन्यो । 
 
यती मात्र होईन् साम्राज्ञीले भुवन केसीको फिल्म 'ड्रिम्स' पाउनु अनि हालसम्म सार्वजनिक गीत तथा ट्रेलरजस्ता प्रचार सामग्रीमा उनले गरेको अभिनयको प्रशंसाले पनि उनलाई चर्चा दियो । समाचार बने, एक संभावना बोकेकी अभिनेत्री भनेर । 
 
केहि दिन पहिले राजधानीमा आयोजित एक कार्यक्रममा उपस्थित हुँदा उनलाई मिडियाकर्मीबाट प्रश्न तेर्सियो, 'भुवन केसी र अनमोल केसीमा कसलाई रोज्नुहुन्छ ?'  यो प्रश्न परेपछि एकछिन सोचेर जवाफ फर्काएकी उनले अहिलेको समयमा अनमोल को विकल्प अरु नरहेको बोलिन् । त्यसपश्चात हल ताली र हाँसोले गुञ्जियो । 
 
भुवन केसी निर्देशित 'ड्रिम्स'मा अर्की एक अभिनेत्री पनि अभिनयमा रहेपनि चर्चामा अनमोलसँगै साम्राज्ञ्यलक्ष्मी मात्र छिन् । त्यसैले सामिप्य तिमिल्सिनाले लेखेको पटकथा तथा संवादमा तयार यो फिल्मबाट उनले मिडियामा र चर्चामा आएझैं संभावना देखाउँछिन् या नाईं त्यसको लागी रिलिज मिति फागुन २१ पर्खिनैपर्छ ।
 
Most Visited News (monthly)