२३ बर्षपछि ईतिहास रच्दै साग फुटबलमा नेपाललाई स्वर्णपदक दिलाउन सफल फुटबल टिम भारतबाट त्रिभुवन बिमानस्थल आउँदा फुटबलप्रेमीहरुको भब्य स्वागत भेटे । जहाँ नेपाली मनोरञ्जन क्षेत्रका केहि नाम चलेका अनुहारहरु पनि खेलाडीहरुको सम्मान तथ स्वागतको लागी विमानस्थल पुगेका थिए ।

फुटबल खेलाडीहरुलाई स्वागत गर्न विमानस्थलको आगमन कक्षमा चर्चित कलाकार दिपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा, निर्देशक तथा कलाकार दिनेश डिसी, अभिनेत्री छुल्ठिम गुरुङ, गायिका कोमल ओली, गायक प्रमोद खरेल, युवराज चौलागाईं लगायत विमानस्थलमा देखिए । कलाकर्मीहरु फुटबल खेलाडी र फुटबल प्रेमीहरुको हौसला बढाउन विमानस्थल प्रवेश गर्दैगर्दा उपस्थित हजारौं फ्यानहरुले नेपाल नेपाल आवाजमा नारा र सिट्ठी सहित स्वागत गरे ।
सोहि समयमा कलाकर्मीहरुले खेलाडीहरुलाई खादा तथा अबिर लगाई स्वागत तथा सम्मान गर्दै सफलताको कामना व्यक्त गरे । देशले जितेको खुशियालीमा स्वर्णपदक दिलाउने खेलाडीहरुलाई विमानस्थलबाट रंगशालासम्म नगर परिक्रमा गराईयो । जुन र्यालीमा फुटबल समर्थकहरुको उल्लेख्य साथ र समर्थन देखियो ।


