Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

निश्चल र स्वस्तिमा मण्डपमा यस्ता देखिए (फोटो तथा भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/02/17
युवा निर्देशक निश्चल बस्नेत बैबाहिक बन्धनमा बाँधिएका छन् । बुधबार हिन्दु परम्परा अनुसार निश्चलले मोडल तथा अभिनेत्री स्वस्तिमा खड्कासँग लगनगाँडो कस्दै जीवनको नयाँ अध्यायको सुरु गरेका हुन् । राजधानीको तिनकुने स्थित एक बैङ्कुटमा उनले तामझामका साथ स्वस्तिमाको सिउँदोमा सिन्दुर छरे । 
 
 
३४ बर्षे निश्चलले आफुभन्दा १४ बर्ष कान्छि २० बर्षे स्वस्तिमासँग लगनगाँठो कसेका हुन् । दुई वटा मात्र फिल्म निर्देशन गरेका निश्चल पहिलो फिल्म 'लुट'बाट नै चर्चामा आए । उनले निर्देशक मात्र नभई 'कबड्डी' फिल्मबाट अभिनेताको रुपमा आफुलाई प्रमाणित गरिसकेका छन् । 
 
 
फरक धारको फिल्म बनाएको भन्दै चर्चामा आएका निश्चलले बैबाहिक कार्यक्रममा भने सिमित मात्रै फिल्मकर्मीहरुलाई निम्तो गरेका थिए । उनको बैबाहिक कार्यक्रममा निर्माता माधव वाग्ले, सुनिल रावल, अर्जुनकुमार, निर्देशक दिपेन्द्र के खनाल, प्रोडक्शन कन्ट्रोलर बुद्दिलाल मगर लगायत मात्र देखिए ।
 

 
बैबाहिक रमारोहमा ढाकाको दौरा सुरुवालमा सजिएर मण्डपमा बसेका निश्चलले फिल्मीखबरसँग कुराकानी गर्दै बिहेपछि पनि आफ्नो र स्वस्तिमाको करियर फिल्म क्षेत्रमा नै निरन्तर रहने बताए ।
Most Visited News (monthly)